PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बुधवारदेखि यी ६ स्थानबाट वितरण गरिँदैछ नेपाल ग्यासको सिलिण्डर



रासस

बुधवारदेखि यी ६ स्थानबाट वितरण गरिँदैछ नेपाल ग्यासको सिलिण्डर

काठमाडौं : कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधवारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ। नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको बताए। उनका अनुसार काठमाडौं उपत्यकाका  ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ।

‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ’, उनले भने, ‘तीन दिनमा दुईदुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ।’

बुधवार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीवार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रवार भनिमण्डल चोक र महाराजगञ्ज चोकबाट ग्यास सिलिण्डर वितरण गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell