PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कोरोना जाँच तथा उपचारका लागि तोकिए प्रदेशदेखि जिल्लास्तरीय अस्पताल, अब यी मेडिकल कलेजमा पनि उपचार हुने



फूलमाया पुरी

कोरोना जाँच तथा उपचारका लागि तोकिए प्रदेशदेखि जिल्लास्तरीय अस्पताल, अब यी मेडिकल कलेजमा पनि उपचार हुने

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) फैलन नदिन नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोरोनासँग सम्बन्धित उपचारका लागि तोकिएका अस्पतालहरूको सूची सार्वजनिक गरेको छ।

चैत १८ गते मंगलवार  केन्द्र र प्रदेशमा भएका अस्पतालहरुको नामावलीसहितको सूची सार्वजनिक गरिएको हो।

उक्त सूचीअनुसार अब शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबाहेक अस्पतालमा पनि कोरोना उपचार गर्न जान सक्नेछन्। उपत्यकामा आयुर्वेद अस्पताल र आर्मी अस्पतालसहित पाँच अस्पतालमा कोरोनाको जाँच तथा उपचार हुनेछन्।

त्यसैगरी प्रत्येक प्रदेशमा पनि दुई दुई वटा मुख्य अस्पताल तोकिएका छन्।

प्रदेश १ का लागि मेची अञ्चल  अस्पतला विर्तामोड, झापा र उदयपुर अस्पताल तोकिएको छ भने प्रदेश २ का लागि जनकपुर अस्पताल र बारा अस्पताल प्रदेश तोकिएको छ।

स्वास्थ्य मन्त्रालयले बाग्मती प्रदेशका लागि भक्तपुर अस्पताल र सिन्धुली अस्पताललाई  तोकिनुका साथै गण्डकी प्रदेशका लागि धौलागीरी र गोर्खा अस्पताललाई कोरोनासँग सम्बन्धित उपचारका लागि छनौट गरेको छ।

त्यस्तै लुम्बिनी र तामघास अस्पताल प्रदेश ५ का लागि तोकिएका अस्पताल हुन्। कर्णाली प्रदेशका लागि सुर्खेत र दैलेख अस्तपाल रहेका छन्। र सुदुरपश्चिम प्रदेशका लागि सेती अञ्चल अस्पताल र महाकाली अस्पताल तोकिएको छ।

स्वास्थ्य मन्त्रालयले सातैवटा प्रदेशमा रहेका जिल्लास्तरी ६३ वटा अस्पतालहरुको पनि नामावली सार्वजनिक गरेको छ।

कुन प्रदेशमा कुनकुन अस्पतालमा?

प्रदेश १ मा जिल्लास्तरीय तेह्र अस्पताल रहेका छन्। जसअन्तर्गत खाँदबारी जिल्ला अस्पताल संखुवासभा र इनरुवा जिल्ला अस्पताल सुनसरी परेका छन्। त्यससँगै रंगेली जिल्ला अस्पताल मोरङसहित तोकिएको छ। तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, खोटाङ, ओखलढुङ्गा, खोटाङ, उदयपुर र भोजपुर लगायतका  अन्य जिल्लाका दस जिल्लास्तरीय अस्पतालहरुमा पनि कोभिड १९ का बिरामीको उपचार गर्न सकिने भनिएको छ।

त्यस्तै  सिरहा, जलेश्वर, सर्लाही, कलैया र रौतहट गरी जम्मा पाँच वटा जिल्लास्तरीय अस्पतालहरु प्रदेश दुईमा परेका छन्।

यता वाग्मती प्रदेशमा भने दसवटा जिल्लास्तरीय अस्पतालहरु रहेका छन्। जसमा सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप, सिन्धुलीसहित, धादिङ नवलपरासी र रसुवा लगायत जिल्ला अस्पतालहरु परेका हुन्। हेटौंडा प्रादेशिक अस्पताल पनि सूचीमा उल्लेख छ। 

कोरोना संक्रमणलाई रोक्नकै लागि र उपचारमा प्रभावकारिता बढाउन गण्डकी प्रदेशमा दस वटा जिल्लास्तरीय अस्पतालहरुले उपचार गर्ने भनी नामावली सूची प्रकाशन गरिएको छ। गण्डकी प्रदेशमा बाग्लुङ, गोर्खा, लम्जुङ, मनाङ, म्याग्दी, मुस्ताङ जिल्ला अस्पतालसहित नवलपुर, पर्वत, स्याङ्जा र तनहुँ जिल्ला अस्पताल परेका छन्।

जिल्लास्तरीय अस्पताल तोकिने क्रममै कपिलवस्तु, नवलपरासी, अर्घखाँची, गुल्मी पाल्पा, दाङलगायत नौ वटा जिल्ला अस्पतालले कोभिड १९ को उपचार गर्नेछन्। साथै प्यूठान रोल्पा र बर्दिया अस्पताल पनि प्रदेश पाँचमा तोकिएको छ।

कर्णाली प्रदेशअन्तर्गत जिल्लास्तरीय आठ अस्पतलाहरु रहेका छन्। जसमा दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, कालिकोट, मुगु , रुकुम र सल्यान जिल्ला अस्पतालहरु छन्।

सुदुरपश्चिम प्रदेश अन्तर्ग अछाम, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, दार्चुला, डोटी र टिकापुर आठवटा जिल्लास्तरीय अस्पतालहरु तोकिएको छ।

सातैवटा प्रदेशमा रहेका जिल्लास्तरीय अस्पतालका साथै २० वटा मेडिकल कलेजहरुको पनि नामावली उक्त कोरोना भाइरससँग सम्बन्धित उपचारका लागि तोकिएको छ।

यी हुन् कोरोना उपचारका लागि तोकिएका मेडिकल कलेज

 विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,सुनसरी

विराट मेडिकल कलेज, विराटनगर,मोरङ

चितवन मेडिकल कलेज, चितवन

कलेज अफ मेडिकल साइन्स, चितवन

गण्डकी मेडिकल कलेज, पोखरा

जानकी मेडिकल कलेज

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौं मेडिकल कलेज, काठमाडौं

किस्ट मेडिकल कलेज

काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पताल

लुम्बीनी मेडिकल कलेज

मनीपाल मेडिकल कलेज पोखरा

नेशनल मेडिकल कलेज बिरगंज

नेपालगंज मेडिकल कलेज

नोवेल मेडिकल कलेज

पाटन एकेडेमिक अफ हेल्थ साइन्स

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल

यूनिभर्सल कलेज अफ मेडिकल साइन्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell