PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ



रासस

स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

घोराही : घोराहीको बुद्ध इन्टरनेसनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ।

केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दै आएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका २ का वडा सचिव नारायण आचार्यलाई आज जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ गरेको हो।

स्टाफ नर्स सिर्जना खड्कालाई उनका घरबेटी आचार्यले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालेपपछि उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell