PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

बाघ तर्साउन जंगल जानेको बन्दुक आफै पड्किँदा यो हाल...



पहिलोपोस्ट

बाघ तर्साउन जंगल जानेको बन्दुक आफै पड्किँदा यो हाल...
प्रतिकात्मक तस्वीर

काठमाडौः आफैले बोकेको भरुवा बन्दुक पड्किँदा बारपाक सुलीकोट गाउँपालिका-७ अमले बस्ने ५८ वर्षीय तुल बहादुर गुरुङ घाइते भएका छन्।

मंगलवार घर नजिकैको जंगलमा बाघलाई तर्साउन गुरुङ भरुवा बन्दुक लिएर गएका थिए। तर, आफैले बोकेको बन्दुक पड्किँदा गुरुङ घाइते भएका हुन्। गरुङलाई प्रहरी चौकी घ्याम्पेसालबाट खटिएको टोलीले उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाएको छ।

साथै घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक १ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell