
काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा बुधबार भारतीय नाटक प्रसारण हुने भएको छ। सुभोजित बेनर्जी निर्देशित नाटक 'नथिङ टु से' (केही भन्नु छैन) देखाइने भएको हो।
थिएटर साइन प्रस्तुति रहेको नाटक साँझ ५ बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् नाटकको भिडियो प्रसारण हुनेछ।
भर्चुअल नाट्य उत्सव अन्तर्गत् 'मान भर्सेस मती', 'राजेन्द्रलक्ष्मी', ‘जालिनी’, 'पाँच' र 'एक बोली एक दाम' प्रसारण भइसकेका छन्।
थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले यस महोत्सव संयुक्त रुपमा आयोजना गरेको हो। महोत्सव निर्देशक केदार श्रेष्ठ भन्छन्,'लकडाउनका कारण घरमै रहेका दर्शकलाई मनोरञ्जन दिलाउनु र दर्शक र रङ्गमञ्चलाई जोडी राख्नु नै हाम्रो मुल उद्देश्य हो।'