PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोनाका कारण अस्ट्रेलियामा ६० पत्रिकाको प्रकाशन बन्द



पहिलोपोस्ट

कोरोनाका कारण अस्ट्रेलियामा ६० पत्रिकाको प्रकाशन बन्द

काठमाडौं: कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियामा ६० वटा क्षेत्रीय पत्रपत्रिकाको प्रकाशन स्थगित गरिएको छ।

न्यूज कोर्प नामक मिडिया ग्रुपले बुधवार सन् १९०६ देखि निरन्तर प्रकाशन हुँदै आएको न्यू साउथ वेल्सको 'म्यान्ली डेली'सहित ६० वटा पत्रिकाको प्रकाशन आउँदो हप्ताभर बन्द गर्ने निर्णय गरेको द गार्जियनले जनाएको छ।

न्यूज कोर्पका कार्यकारी अध्यक्ष माइकल मिल्लरले उत्पादित सामग्री अनलाइनमा नियमित प्रकाशित हुने जानकारी दिएका छन्। उनका अनुसार कोरोना भाइरसले विज्ञापन बजार तहसनहस पारेपछि केही दिनलाई बन्द गर्ने निर्णय लिइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell