PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लकडाउनमा सन्दीप लामिछाने : फेसबुक लाइभमार्फत सुनाए गीत, बाँडे सफलताका टिप्स



पहिलोपोस्ट

लकडाउनमा सन्दीप लामिछाने : फेसबुक लाइभमार्फत सुनाए गीत, बाँडे सफलताका टिप्स
फाइल फोटो

काठमाडौं : कोरोनाको बढ्दो कहरसँगै लकडाउन चलिरहेको छ। खेल गतिविधि ठप्प छ। खेलाडीहरु फुर्सदिला बनेका छन्। र, फुर्सदिला बनेसँगै सामाजिक सञ्जालमा खेलाडीहरु अलि बढी नै सक्रिय देखिन थालेका छन्। जसरी केही अघिसम्म खेलको मैदानमा देखिन्थे।

सन्दीप लामिछाने। नेपाली खेलाडीहरु मध्ये एक व्यस्त रहने खेलाडी हुन। तर, विश्वभर खेल गतिविधि रोकिएसँगै लामिछाने फुर्सदिला बनेका छन्।

‘काम पनि खासै केही थिएन। त्यसैले एसो लाइभ आएर रमाइलो गरेको।’ फेसबुक लाइभमा आएर सन्दीपले भने।

फुर्सदका बेलामा उनले सफलताका टिप्सदेखि गीत सुनाउनसम्म पनि भ्याए।

‘मध्यरातमा बिउँजिएर...’ उनले शुरुमै गीत गाए। केही दिन अघि कोरोना राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेका लामिछानेले आफ्नो जति सकेको सहयोग गर्न पाउँदा खुशीको कुरा भएको बताए।

‘लाइफमा स्पेसल मोमेन्ट भनेको देशका लागि यू १९ मा डेभ्यु गरेको र सिनियर टिम हुँदै अहिलेको अवस्थासम्म सबै स्टेपहरु सबै स्पेसल छ।’ उनले अगाडिको योजना सुनाउँदै भने, ‘हरेक नयाँ दिन देशका लागि राम्रो गरौं भन्ने छ। पछिल्लो समय हामीले राम्रो गर्न सकिरहेका छैनौ। तर आउने समयमा राम्रो हुँदै जाने छ। छिटै विश्वकप खेल्न मन छ। त्यसका लागि सबैले मेहेनत गर्नुछ’

लकडाउनको नवौं दिन चलिरहँदा चितवनमा आफ्नो समय परिवारसँग बिताइरहेको बताए।

‘हामी आफूले घरभित्र बसेर। सामाजिक दुरी कायम गरेर कसरी योगदान पुर्‍याउन सक्छौं भन्ने सोच्नु पर्छ।’

फिटनेसमा फिजियो बिक्रम न्यौपानेको टिप्स र भि‌डियोहरु हेरिरहेको बताउँदै तारिफ गरे।

‘सबैजनाले सरकारको निर्देशन मानिरहनु भएको छ। यो धेरै राम्रो हो’ उनले भने, ‘संसार नै अहिले अफ्ठ्यारो अवस्थामा छ। हामी अहिले प्रार्थना भन्दा धेरै केही गर्न सक्दैनौ। क्वारेन्टाइन सुरक्षित बसौं। अरुभन्दा आफूलाई टाढा राखौं।’

एकजना समर्थकको प्रश्नमा सफल हुने टिप्स पनि लामिछानेले दिन भ्याए। भने, ‘आफु के बन्न चाहनु भएको छ, कहाँ पुग्न चाहनु भएको छ,  त्यसलाई पत्ता लगाउनु होस। अनि जबसम्म त्यो लक्ष्य पाउनु हुन्न तब सम्म प्रयास गरिरहनु पर्छ। ढिलोचाँडो तपाई सफल हुनुहुनेछ।’

‘जति हुन सक्छ लक्ष्य निर्धारण गर्नुहोस। ठूलो टार्गेट पनि लिनु हुँदैन। म चाहीँ स्टेप बाइ स्टेप लक्ष्य बनाउनु पर्नेमा विश्वास गर्छु। स्टेप बाइ स्टेप टार्गेट बनाउँदै जानुहोस।’ लामिछाने भन्दै गए, ‘धेरै एक्साइटेड पनि हुनु हुँदैन। कुनै उपलब्धिमा सन्तुष्ट भएर बस्ने भन्दा पनि नयाँ गोल सेट गर्दै जाने हो। र, एकदिन त्यो लक्ष्य पुरा हुन्छ। र, फेरि त्यो भन्दा ठूलो लक्ष्य निर्धारण गर्नु होस’

उनले अन्तिममा सुझाए, ‘डु ह्वाट युअर हार्ट सेज’

लामिछानेले आफ्ना पछिल्लो समयका दिनचर्याबारे पनि कुराहरु खोले। ‘अहिले खासै केही गर्या छैन। गीतहरु गाउने। गीतहरु हेर्ने। त्यस्तै हो फ्री छु।’

उनले मेहेनत गरे सफल होइनेमा जोड दिए।

‘आइपिएल होस् बिग ब्यास लिग या कुनै पनि लिग होस् धेरैभन्दा नेपाली दर्शकहरु आएर समर्थन गर्नु हुन्छ। गेम हेर्नु हुन्छ। मलाई हौसला दिनुहुन्छ। एकदमै खुशी लाग्छ,’ उनले आफ्नो अनुभव साटे।

सन्दीपले कोरोनाको बढदो कहरबाट सचेत हुनुपर्ने सुझाउँद‌ै आफ्नो तर्फबाट जे सकिन्छ एक अर्कालाई जति सकिन्छ सहयोग गर्न आग्रह गरे। त्यस्तै अन्य पक्षमा पनि ध्यान दिन सुझाए।

‘लकडाउनको समय छ। एकै पटकमा धेरै सामान लिन नखोजौं। जति आवश्यक छ त्यतिमात्र लिउँ। पैसाको मात्र कुरा होइन जति सकिन्छ एक अर्कालाई सहयोग गरौ। सहयोगको बेला यही हो।’

लकडाउन चलिरहँदा पनि सामान्य रुपमा लिइरहेका हरुलाई स्थितिको गम्भीरता बुझ्न सुझाव दिए।

‘अहिलेको अवस्था सिरियस अवस्था हो। कति शक्तिशाली देशहरु र प्रविधिमा समृद्द देशहरुले समेत यो माथि कावु राख्न सकेको छैन। त्यसैले बुझ्न सकिन्छ कि यो कति गम्भीर विषय हो भन्ने।’ सन्दीपले अझ थपे, ‘ म आग्रह गर्न चाहुन्छ कि यसलाई क्याजुअज्ली निलिउँ, सामाजिक दुरु कायम गरौ। हात धुओं। कम्तिमा समूहमा नहिडिदिउँ।’

सकेसम्म भित्रै बसेर योगदान दिन पनि लामिछानेले सुझाए।

लामिछानेले भने, ‘अहिले जुन अवस्था चलिरहेको छ। हरेक देशमा फैलिरहेको छ। उपचार नआउन्जले सम्म सामाजिक दुरी कायम गरेर अघि बढौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell