PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना भाइरसबाट युरोपमा मात्रै मर्नेको संख्या ३० हजार नाघ्यो, इटाली र स्पेनको स्थिति भयावह



रासस

कोरोना भाइरसबाट युरोपमा मात्रै मर्नेको संख्या ३० हजार नाघ्यो, इटाली र स्पेनको स्थिति भयावह
PHOTO : Getty Images

पेरिस : कोरोना भाइरस महामारीका कारण युरोपेली मुलुकमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी विवरणका आधारमा समाचार संस्था एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ।

कोभिड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना संक्रमित छन् भने ३० हजार ६३ जनाको मृत्यु भएको देखिएको छ। इटालीमा मात्र १२ हजार ४२८ जनाको ज्यान गएको छ। दोस्रो स्थानमा रहेको स्पेनमा ८ हजार १८९ जना र फ्रान्समा ३ हजार ५२३ जनाको मृत्यु भएको छ।

जोन हप्किन्स विश्वविद्यालयको गणनामा संयुक्तराज्य अमेरिकामा ४ हजार ७६ जनाको मृत्यु भइसकेको विवरण सार्वजनिक भएलगत्तै युरोपको विवरण बाहिर आएको हो।

विश्वभर ४२ हजार ३४४ को मृत्यु

समाचार संस्था एपीका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ। पछिल्लो विवरणअनुसार संसारभर ८ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ। यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ। इटालीमा एकै दिन (हिजोमात्र) ८३७ नागरिकको ज्यान गएको छ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य:

- इटालीमा १ लाख ५ हजार ७९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४२८ को मृत्यु भएको छ। १५ हजार ७२९ निको भएर फर्किएका छन्।

- स्पेनमा ९५ हजार ९२३ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ४६४ को मृत्यु भएको छ। १९ हजार २५९ निको भएर फर्किएका छन्।

- अमेरिकामा १ लाख ८८ हजार ५९२ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ५५ को मृत्यु भएको छ। ७ हजार २५१ निको भएर फर्किएका छन्।

- फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ५२३ को मृत्यु भएको छ। ९ हजार ४४४ निको भएर फर्किएका छन्।

- चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३१२ को मृत्यु भएको छ। ७६ हजार २३८ निको भएर फर्किएका छन्।

इरानमा ४४ हजार ६०५ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ८९८ को मृत्यु भएको छ। १४ हजार ६५६ निको भएर फर्किएका छन्।

बेलायतमा २५ हजार १५० कुल सङ्क्रमित भएका छन् भने, १ हजार ७८९ को मृत्यु भएको छ। १३५ निको भएर फर्किएका छन्।

जर्मनीमा ७१ हजार ८०८ कुल सङ्क्रमित भएका छन् भने, ७७५ को मृत्यु भएको छ। १६ हजार १०० निको भएर फर्किएका छन्।

बेल्जियममा १२ हजार ७७५ कुल सङ्क्रमित भएका छन् भने, ७०५ को मृत्यु भएको छ। एक हजार ६९६ निको भएर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell