PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सीमामा अलपत्र नागरिकलाई देश प्रवेशको व्यवस्था गर्न मानव अधिकार समितिको माग



पहिलोपोस्ट

सीमामा अलपत्र नागरिकलाई देश प्रवेशको व्यवस्था गर्न मानव अधिकार समितिको माग

काठमाडौं: नेपाल बार एशोसिएसन मातहतको मानव अधिकार तथा जनसरोकार समितिले सीमामा अलपत्र परेको नागरिकलाई तत्काल स्वदेशमा प्रवेशको वातावरण मिलाउन सरकारसँग माग गरेको छ।

समितिका संयोजक एवं बारका पूर्वमहासचिव सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गर्दै अलपत्र नागरिकलाई तत्काल देश प्रवेशको सुनिश्चितता गरी स्वास्थ्यको उचित प्रबन्धका लागि समेत आग्रह गरेको छ।

लकडाउनको अवधिमा दैनिक ज्यालादारीको अवस्था दयनीय रहेको भन्दै हरेक नागरिकले बिना भेदभाव बाँच्न पाउने अधिकारको रक्षा गर्न पनि सरकारसँग माग गरेको छ।

समितिले विपदका समयमा सुरक्षा निकायबाट कतिपय स्थानमा नागरिकमाथि ज्यादती गरिरहेको पाइएको भन्दै तत्काल रोक्न पनि माग गरेको छ।

महामारीको सामना गर्न सरकारसँग सबै सरोकारवाला निकाय र नागरिकले पनि आ–आफ्नो ठाउँबाट उचित वातावरण निर्माण गर्न समितिले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell