PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

चिकित्सकको लाइसेन्स खारेजी र थुन्ने अभिव्यक्तिविरुद्ध चिकित्सक संघ



पहिलोपोस्ट

चिकित्सकको लाइसेन्स खारेजी र थुन्ने अभिव्यक्तिविरुद्ध चिकित्सक संघ

काठमाडौं : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले चिकित्सकलाई थुनामा राख्ने तथा लाइसेन्स खारेज गर्ने चेतावनी दिएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ।

'कोरोना भाइरसको संक्रमण रोक्नका लागि अहोरात्र खटिरहेका चिकित्सकहरुलाई बैठक बसिरहेकै अवस्थामा चिकित्सकहरुको लाइसेन्स खारेज गर्ने तथा चिकित्सकलाई थुनामा राख्न दिइएको आदेशप्रति नेपालचिकित्सक संघ घोर भत्सर्ना र निन्दा गर्दछ,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कोरोना भाइरसबाट संक्रमित विरामीहरुको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले लगाउनु पर्ने सुरक्षाका सामग्रीहरु नपाइरहेको अवस्थामा गैर स्वास्थ्यकर्मीहरुले यसको दुरुपयोग गरेकोमा समेत नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ।'

संघले नेपालमा उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीको उपलब्धताबिना नै निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिइरहेका चिकित्सकहरुको मनोबल उच्च पार्नुको सट्टा बैठक बसिरहेकै अवस्थामा चिकित्सकलाई थुन्ने, लाइसेन्स नै खारेज गर्न कुरा गर्छु भन्ने अभिव्यक्तिले नेपालको स्वास्थ्य सेवा प्रवाहमा चिकित्सकहरुले निर्वाह गरेको भूमिकाप्रति गम्भीर आँच आएको संघको ठहर गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell