PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोना परीक्षणका स्वास्थ्य सामाग्री ओम्नी ग्रुपसँग किन्ने सम्झौता रद्द, पाँच करोड धरौटी जफत



पहिलोपोस्ट

कोरोना परीक्षणका स्वास्थ्य सामाग्री ओम्नी ग्रुपसँग किन्ने सम्झौता रद्द, पाँच करोड धरौटी जफत

काठमाडौः सरकारले ओम्नी ग्रुपसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याउने सामानको खरिद सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता रद्द गरिएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले कम्पनीले १० प्रतिशत मात्रै सामान ल्याएकोले सम्झौता रद्द गरेको बताए। सम्झौता रद्दसँगै कम्पनीको पाँच करोड धरौटी जफत हुनेछ।

'ओम्नी कम्पनीसँगको सम्झौता रद्द गरेका छौँ। हामीले टेण्डर गर्दैछौँ। भोलिदेखि टेन्डर खुल्छ',उनले भने। कम्पनीलाई कालोसूचीमा समेत राख्ने तयारी सरकारको छ।

'सुरुमा सामानको कमी थियो। कतिपय साना स्वास्थ्य संस्थामा अभाव पूर्ति गर्न सामान ल्यायौँ। हामीले किन्दै वितरण गर्दै गयौँ। प्रस्ताव पेस गर्नुस् भनेर औषधि सप्लायर्सलाई भन्यौँ। तर गर्न सकेनन्।' उनले भने।

सप्लायर्ससलाई तीन दिनको समय दिँदा पनि सामान जोड्न नसकेको उनको भनाई छ।

'हामीलाई तत्काल सामान ल्याउनु थियो। २४ घण्टाभित्र सामान ल्याउन समन्वय समितिको निर्देशन थियो। सात सप्लायर्ससले तत्काल सामान आपूर्ति गर्न सक्ने देखियो। त्यही दिन ७ बजेसम्म दुइवटा प्रस्ताव आयो। तिनै प्रस्ताव छनोट भएका थिए' महानिर्देशक श्रेष्ठले भने।

२० प्रतिशत महंगो भए पनि सामान ल्याइएको महानिर्देशक श्रेष्ठले बताएका छन्। उनले तत्काल सामान चाहिएकोले महंगोमा किनिएको बताए।

खरिद गरिएका र्या पिड टेष्ट किटमा शंका नगर्न उनले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell