PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

राष्ट्रपतिलाई झाँक्रीको सुझाव: महामहिम! विकसित मुलुकका होइन लकडाउनमा अलपत्र नेपाली मजदुरको चिन्ता गरिबक्स्योस्



पहिलोपोस्ट

राष्ट्रपतिलाई झाँक्रीको सुझाव: महामहिम! विकसित मुलुकका होइन लकडाउनमा अलपत्र नेपाली मजदुरको चिन्ता गरिबक्स्योस्

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले लकडाउनका कारण अलपत्र मजदुरहरुको पक्षमा बोल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएकी छिन्।

लकडाउनका कारण नेपाल भारत सीमा तथा देशभित्रै विभिन्न ठाउँमा बाटोमा मजदुरहरु अलपत्र परेका बेला झाँक्रीले बुधबार ट्वीटरमार्फत राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएकी हुन्।

झाँक्रीले लेखेकी छिन्, 'सिधा कुरा: महामहिम! अमेरिका, क्यानडा, युरोप, अष्टेलिया, जापान, कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस। नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन्। व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की?'

नेपाल सरकारले सीमा र बाटोमा अलपत्र परेका नेपाली मजदुरलाई फिर्ता ल्याउन पहल नगरेका बेला झाँक्रीले राष्ट्रपतिको ध्यानाकर्षण गराएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell