PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कोरोना आशंका, प्रदेश १ मा ५४ जनाको नमुना संकलन : ४२ को नेगेटिभ, अरु रिपोर्ट आउन बाँकी



अनन्तराज न्यौपाने

कोरोना आशंका, प्रदेश १ मा ५४ जनाको नमुना संकलन : ४२ को नेगेटिभ, अरु रिपोर्ट आउन बाँकी

विराटनगर : प्रदेश नं. १ बाट कोरोना भाइरस (कोभिड १९) का शङ्कास्पद ५४ जनाको नमुना सङ्कलन गरिएकोमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी १२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशका विभिन्न अस्पतालबाट हालसम्म ५४ जनाको नमुना सङ्कलन गरिएको हो।
मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमुना सङ्कलन गरिएको थियो।

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण शुरु भएपछि रिपोर्ट आउन छिटो भएको उनले बताए।
डा. मेहताले प्रदेशभरिमा हालसम्म कोरोना भाइरसका शङ्कास्पद १ सय १९ बिरामीले अस्पतालमा नाम दर्ता गराएको जानकारी दिए। जसमा सुनसरीबाट १ सय ६ तथा मोरङ र झापाबाट ५÷५ जना छन्। हालसम्म आइसोलेसनमा ३ पुरुषसहित ९ जना विरामी भर्ना छन्।

ओखलढुङ्गा, उदयपुर र पाँचथरमा २÷२ महिला र सोलुखुम्वु, पाँचथर र ताप्लेजुङबाट १÷१ पुरुष आइसोलेसनमा भर्ना भएका हुन्।
प्रदेश नं. १ का ४३ अस्पतालले ३ सय ८५ आइसोलेसन बेड तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell