PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

‘मझेरी लकडाउन कविता प्रतियोगिता’ हुँदै



पहिलोपोस्ट

‘मझेरी लकडाउन कविता प्रतियोगिता’ हुँदै

काठमाडौं : ‘मझेरी द लकडाउन कविता प्रतियोगीता’ आयोजना हुने भएको छ। ‘एसआरविएन मिडिया’ले देश लकडाउनमा रहेको अवस्थामा केही सिर्जनात्मक एवं रचनात्मक प्रयोगका लागि यस प्रतियोगिता आयोजना गरेको हो।

कोभिड – १९ को संक्रमणविरुद्ध सावधानी तथा रोकथामका लागि देश लकडाउन छ। जसका कारण अधिकांश मानिस घरमै छन्। त्यसैले प्रतियोगितामा संसारभरबाट नेपालीहरुले सहभागिता जनाउन पाउँनेछन्।

त्यसका लागि प्रतियोगीले आफै रचना गरेको कविता वाचनसहित भिडियो पठाउनु पर्नेछ। प्राप्त भिडियोहरुबाट सुरुमा उत्कृष्ट दशको चयन हुने र छानिएका मध्ये सबैको दोस्रो चरणको प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष विपिन कुमार आचार्यले जानकारी दिए।

प्रतियोगीतामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले पच्चिस हजार प्राप्त गर्ने सार्वजनिक विज्ञप्तीमा जनाइएको छ।

कविता वाचनको भिडियो पठाउने इमेल : [email protected]

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell