PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

धनगढीमा कोरोना संक्रमण पुष्टि भएका युवाका परिवारको लिइयो स्वाब नमुना



एम बम

धनगढीमा कोरोना संक्रमण पुष्टि भएका युवाका परिवारको लिइयो स्वाब नमुना

कैलाली : धनगढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर उपचाररत युवाका परिवारका सदस्यको स्वाब संकलन गरिएको छ। सेती प्रादेशिक अस्पतालले बुधवार एक विज्ञप्ति जारी गर्दै परीक्षणका लागि संक्रमित युवाका परिवारका ८ सदस्य र उनको सम्पर्कमा रहेका अन्य २ जनासहित १३ जनाको नमुना संकलन गरिएको जनाएको छ।

नमुना संकलनपछि उनीहरूलाई घरमै क्वारेन्टाइनमा बस्न भनेर पठाइएको छ। दुई जना स्वास्थ्यकर्मी र एक जना धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेका सहित गरी १३ जनाको थ्रोट स्वाब संकलन गरिएको अस्पतालले जनाएको हो।

युवकका परिवारका सदस्य शनिवारदेखि धनगढी रंगशालाको क्वारेन्टाइनमा थिए। परिवारका सदस्यलाई हिजो घर फिर्ता गरिएकोमा आज फेरी अस्पताल ल्याएर नमुना संकलन गरिएको हो। अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले संकलन भएको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै पठाउने तयारी भएको बताए।

कोरोना संक्रमित युवाको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको उनको भनाइ छ। अस्पतालबाट यसअघि २५ जनाको स्वाब पठाइएकोमा २० जनाको रिर्पोट आएको छ। जसमा एक जनाको पोजेटिभ र बाँकी १९ जनाको नेगेटिभ रिपोर्ट आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell