PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

दिल्लीको धार्मिक सभामा सहभागी भएर आएको आशंकामा ११ जना नियन्त्रणमा



राधेश्याम पटेल

दिल्लीको धार्मिक सभामा सहभागी भएर आएको आशंकामा ११ जना नियन्त्रणमा

वीरगंज: भारतको नयाँ दिल्लीमा मार्च १ देखि १५ सम्म आयोजित निजामुद्दीन मरकज (इस्लाम धर्मावलम्बीको धार्मिक सभा)मा सहभागी भएर आएको आशंका पर्साबाट ११ जना पक्राउ परेका छन्।

स्थानीयको सूचनाको अधारमा प्रहरीले पर्साको पटेर्वासुगौली गाउपालिका-१ कंचनपुर गदियानीको मदरसामा लुकेर बसेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको पर्साकी एसपी गंगा पन्तले जानकारी गराइन्।

पक्राउ परेका सबैलाई खाना बस्नको सुविधासहित क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ। उक्त धार्मिक सम्मेलनमा सहभागी भएका धेरैलाई कोरोनाको संक्रमण देखिएपछि नेपालले पनि सम्मेलनमा सहभागी नेपाली मुस्लिमहरुको खोजी गरिरहेको छ। सभामा पर्सा, बारा लगायत प्रदेश २ का सयौं व्यक्ति सहभागी भएर स्वदेश फर्केको आशंका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell