PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बिहानै ८ सय २३ जना सडकमै होल्ड



पहिलोपोस्ट

बिहानै ८ सय २३ जना सडकमै होल्ड

काठमाडौं: उपत्यकाबाट लकडाउन उल्लङघन गर्ने ८ सय २३ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले आज बिहान ८ बजेसम्म ६६३ जना पुरुष र १६० जना महिलालाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई प्रहरीले सडकमा डोरीले बनाएको होल्डिङ क्षेत्रमा तीन घण्टासम्म राख्ने गरेको छ।

प्रहरीले नियन्त्रणमा गरेका उनीहरुले दैनिक उपभोगिय बस्तुको किनमेलको लागि निस्किएको भन्दै आफ्नो बचाउन गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।' धेरै मानिसहरु सामान किन्न लगायतका बहाना बनाए सडकमा आउने गरेको देखिन्छ।' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

त्यस्तै प्रहरीले १ सय ४० वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell