PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मेडिकल उपकरण खरिद सम्झौता खारेजपछि स्वास्थ्य मन्त्री नैतिक संकटमा, झाँक्रीको प्रश्न: तपाई अब के गर्नुहुन्छ?



पहिलोपोस्ट

मेडिकल उपकरण खरिद सम्झौता खारेजपछि स्वास्थ्य मन्त्री नैतिक संकटमा, झाँक्रीको प्रश्न: तपाई अब के गर्नुहुन्छ?

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमाथि नैतिकताको प्रश्न उठाएकी छिन्।

कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद ठेक्कामा अनियमितता भएको भन्दै चौतर्फी विरोध हुँदा सम्पूर्ण बल लगाएर बचाउमा उत्रिएका मन्त्री ढकालले अन्तत: बुधबार ओम्नी ग्रुपसँगको सम्झौता रद्द गरेपछि उनीमाथि नैतिकताको प्रश्न उठेको हो।

सम्झौता रद्द हुँदा मेडिकल उपकरण खरिदमा भएको अनियमितताको आरोपलाई सरकारले स्वीकारेको छ भने जनस्तरको विरोधलाई पनि बल पुगेको छ।

आफैंले जोडबल गरेर बचाउ गर्दै आएको ठेक्का नै रद्द भएपछि नैतिक संकटमा परेका मन्त्री ढकाललाई झाँक्रीले अब के गर्ने भनेर प्रश्न गरेकी छिन्।

उनले ट्वीटरमा लेखेकी छिन्, 'हिजोसम्म कन्दनी सुर्काउँदै सबै ठिक छ, राम्रो छ, तलमाथि भएको छैन, टेबलमा बसेर कुरा गर्न तयार छु भन्ने उहाँ के भन्नुहुन्छ त अब?'

बुधबार रद्द गरिएको ठेक्कालाई यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विधिसम्मत भन्दै मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री ढकालको बचाउ गरेका थिए।

प्रधानमन्त्रीको साथ पाएका मन्त्री ढकालले ठेक्का विधिसम्मत रहेको भन्दै यसबारे चर्चा र विवाद गर्नु आवश्यक नरहेको बताउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell