PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

डाक्टर बाबुराम भट्टराईले सोधे : के पूरै सरकार डिप्रेसनमा हो?



पहिलोपोस्ट

डाक्टर बाबुराम भट्टराईले सोधे : के पूरै सरकार डिप्रेसनमा हो?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले के पूरै सरकार डिप्रेसनमा गएको हो? भन्दै प्रश्न गरेका छन्।

भट्टराईले ट्विट गर्दै उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवलीको अन्तर्वार्ता पढ्दा आफूलाई त्यसो लागेको बताएका हुन्।

भट्टराईले रक्षा मन्त्री पोखरेलले अस्वस्थ प्रधानमन्त्री केपी ओलीको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालेको भन्दै उनले सरकार डिप्रेसनमा गएको हो भन्ने प्रश्न गरेका हुन्।

'विपत्ती एक्लै आउँदैन भनेको साँच्चै हो कि क्या हो?अस्वस्थ प्रमको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालिरहनुभएका ईश्वर पोखरेलको अल्पभाषी अन्तर्वार्ता पढ्दा र अर्थ,परराष्ट्र लगायतका केही आशा गरिएका मन्त्रीहरूको कुरा सुन्दा पूरै सरकार डिप्रेसनमा हो कि क्या हो?', उनको ट्वीटम उल्लेख छ।

नयाँ पत्रिकामा पोखरेलको छापिएको अन्तर्वार्तालाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell