PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रदेश २ को कोरोना राहत कोषलाई कुमारी बैंकको १० लाख सहयोग



राधेश्याम पटेल

प्रदेश २ को कोरोना राहत कोषलाई कुमारी बैंकको १० लाख सहयोग

वीरगंज : प्रदेश नम्बर २ सरकारले कोरोना रोग रोकथाम तथा राहत कोषमा बुधवारसम्म २७ लाख रुरुपैयाँ जम्मा भइसकेको छ। बिहीवार कोषलाई कुमारी बैंकले १० लाख सहयोग गरेको बैंकका प्रादेशिक प्रबन्धक सिद्धार्थ सिंहले जानकारी दिए।

कुमारी बैंकको सहयोगपछि कोषमा ३७ लाख रुपैयाँ पुग्ने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जानकारी दिए। बुधवार नेपाल बैंकका प्रतिनिधिले ५ लाखको चेक सहयोग गरेका थिए। त्यसअघि कोषमा कृषि विकास बैंकले ५ लाख, सिटिजेन्स बैंकले ७ लाख, सिद्धार्थ बैंकले १० लाख र विभिन्न संघसंस्थाहरुले रकम सहयोग गरिसकेका छन।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १२२०५०३०००००१ मा सहयोगका लागि अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell