PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न फिलिपिन्सका राष्ट्रपति डुतेर्तेले सुरक्षा निकायलाई दिए अधिकार



पहिलोपोस्ट

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न फिलिपिन्सका राष्ट्रपति डुतेर्तेले सुरक्षा निकायलाई दिए अधिकार
Photo: AP

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न सक्ने अधिकार त्यहाँ सुरक्षा निकायलाई दिएका छन्।

‘यदी कसैले समस्या पार्छ भने गोली हान्न सक्छौं,’ उनले भनेका छन्।

फिलिपिन्सको लुजोनमा कोभिड-१९ नियन्त्रणका लागि भन्दै एक महिना लामो लकडाउन घोषणा गरिएको छ।

‘यो सबैका लागि चेतावनी हो। सबैले यो समय सरकारलाई मानौं किनकी अहिलेको समय संकटको घडी हो’, उनले बुधवार मध्यरात टेलिभिजबाट सम्बोधन गर्दै भने, ‘स्वास्थ्यकर्मीहरु, चिकित्सकहरुलाई हानी नपु‘र्‍याउँ। किनकी यो गम्भीर अपराध हो। मेरो आदेश सेना प्रहरीलाई, यदी कसैले समस्या दिन्छ र तिमीहरुको जीवन खतरामा पार्छ भने गोली हानिदिनु।’

उनले अगाडि अंग्रेजी र फिलिपिनो दुवै भाषामा चेतावनी दिएका छन्, ‘सरकारलाई नजरअन्दाज नगर। सरकारलाई चुनौती नथप। तिमीहरु सकिने छौ।’

लकडाउनसँगै खाद्यान्न नपाएको भन्दै मनिलाको क्युजोन शहरका मानिसहरुले प्रदर्शन गरेसँगै राष्ट्रपति दुतेर्तेले यस्तो चेतावनी दिएका हुन्। त्यहाँका सुरक्षा अधिकारीहरुले सर्वसाधारणलाई घर फर्किन आग्रह गरे पनि उनीहरुले मानिरहेका छैनन्। प्रहरीले २० जनालाई पक्राउ गरेको छ।

फिलिपिन्सको स्वास्थ्य नियकायले दुई हजार ३११ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको र बुधवार सम्म ९६ जना मानिसको मृत्यु भएको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell