PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

स्थानीय युवा आफै उत्रिए डिसइन्फेक्ट्यान्ट स्प्रे बोकेर, माइकिङ गर्दै सचेत गराउँदै

स्थानीय युवा आफै उत्रिए डिसइन्फेक्ट्यान्ट स्प्रे बोकेर, माइकिङ गर्दै सचेत गराउँदै

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पाँच दिन यता काठमाडौं सिनामंगलदेखि पशुपति क्षेत्रसम्म केही मानिस शरीर ढपक्क ढाँकेर स्प्रे छर्किँदै हिँडेको भेटिन्छन्। उनीहरु स्वयम् सेवक हुन्, कोरोना भाइरस संक्रमणको त्रासबीच डिस ‘डिसइन्फेक्ट्यान्ट स्प्रे’ गर्दै हिँडेका।

सिनामंगलको मिर्मिरे युवा समाजले यस क्षेत्रमा डिस्इन्फेक्ट्यान्ट स्प्रे छरेकाे हो। स्थानीय युवाले कोरोना भाइरसविरुद्धको यस अभियानमा स्वयम् सेवा गरिरहेका छन्।

उनीहरुले कोरोना रोकथामका लागि जानकारीमूलक सामाग्री प्रवाह गर्दै टोल, गल्ली र चोकहरु परिक्रमा समेत गरेका छन्।

यसरी सार्वजनिक स्थलहरुमा औषधीजन्य स्प्रे गर्दै हिँड्दा, सूचना प्रवाह गर्दै हिँड्दा पूर्ण सावधानी अपनाएका छन्। सुरक्षा उपकरणहरुको प्रयोग गरेका छन्।

उनीहरुले वडामा रहेका नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन समेत अपील गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell