PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इजरायलका स्वास्थ्यमन्त्रीमा देखियो कोभिड-१९ को संक्रमण, प्रधानमन्त्रीसँग थिए प्रत्यक्ष सम्पर्कमा



पहिलोपोस्ट

इजरायलका स्वास्थ्यमन्त्रीमा देखियो कोभिड-१९ को संक्रमण, प्रधानमन्त्रीसँग थिए प्रत्यक्ष सम्पर्कमा
Photo: Ariel Schalit/AP

इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यानमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ। मन्त्री लिजम्यानसँग प्रत्यक्ष सम्पर्कमा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्युहु पनि आइसोलेसनमा बसेको बिहीवार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ

मन्त्री लिजम्यान र उनकी श्रीमती पनि हाल आइसोलेसनमा छन्। उनकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो। हाल उपचाररत उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। त्यस्तै मन्त्रालयका निर्देशक तथा अन्य कर्मचारीहरु पनि सेल्फ क्वारेन्टाइनमा बसेको बताइएको छ। मन्त्रालयले पछिल्ला दुई हप्तायता मन्त्री लिजम्यानको सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न आग्रह गरेको छ।

इजरायलको एक दैनिक पत्रिकाका अनुसार मन्त्रीको सम्पर्कमा आएका जासुसी संस्था र राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखलाई समेत आइसोलेसनमा बस्न भनिएको छ। त्यस्तै, प्रधानमन्त्री नेतान्युहुमा कोरोना नेगेटिभ देखिएको भएपनि उनी हाल आइसोलेसनमा छन्।

कोरोना भाइरसको नियन्त्रणका लागि इजरायल करिब करिब लकडाउनको स्थितिमा पुगेको छ। त्यहाँ ६ हजार २ सय भन्दा बढी संक्रमित भएका छन् भने २९ जनाको मृत्यु भएको छ।

यता मध्यपूर्वी क्षेत्रमा कोरोना भाइरसबाट ७८ हजार भन्दा बढी संक्रमितमध्ये ३ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ। लेबनानका लागि फिलिपिन्सका राजदूत बर्नार्दिता क्याटलाको कोभिड-१९ को संक्रमणबाट बिहीवार नै मृत्यु भएको छ। लेबनानमा हालसम्म ४७९ जनामा संक्रमण देखिएको छ जसमा १४ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell