PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

राहत बाँड्दै आफ्नो क्षेत्रको लकडाउन दैनिकी बुझ्दै कांग्रेस नेता सिंह

राहत बाँड्दै आफ्नो क्षेत्रको लकडाउन दैनिकी बुझ्दै कांग्रेस नेता सिंह

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाली कांग्रेसका नेता एंव पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह कोरोनाको संक्रमणका कारण घरमा नै लकडाउनको पालना गरिरहेका आम नागरिकका समस्या बुझ्न काठमाडौका टोलटोलमा पुगेका छन्। बिहीवार नेता सिंह काठमाडौंका भोटाहिटी, डिल्लीवजार, बानेश्वर हाइट क्षेत्रमा पुगेर त्यहाँका स्थानीयहरुको समस्याका बारेमा जानकारी लिए।

कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम गर्दै नेता सिंहले ती क्षेत्रका नागरिकहरुलाई कोरोनाको संक्रमणबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए। नेता सिंहले लकडाउन र कोरोनाका संक्रमणका कारण केहीँ समस्या भएमा आफूलाई फोनबाट जानकारी गराउन पनि आग्रह गरे।

यसैगरी नेता सिंहले सो क्षेत्रका विपन्न परिवार तथा सुकुम्वासी परिवारलाई राहतसमेत वितरण गरेको उनको निजी सचिवालयले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell