PahiloPost

Jan 11, 2026 | २७ पुष २०८२

कोरोना रोकथाममा कर्मचारी खटाउन मन्त्रालय र विभागबीच किचलो



पहिलोपोस्ट

कोरोना रोकथाममा कर्मचारी खटाउन मन्त्रालय र विभागबीच किचलो

काठमाडौं : कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि जनशक्ति खटाउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागबीच किचलो देखिएको छ।

विभागले चैत १५ गते गर्भवती एवम् सुत्केरी महिलाहरुलाई कोभिड १९ को संक्रमितको प्रत्यक्ष उपचारमा नखटाउन भनेकोमा मन्त्रालयले आपत्ति जनाएको छ।

कोरोना संक्रमितको उपचारमा गर्भवती एवम् सुत्केरी महिलाहरुलाई नखटाउन विभागले परिपत्र जारी थियो। त्यसमा मन्त्रालयले ध्यानकर्षण भएको बताएको छ।

'स्वास्थ्य सेवा विभागले मिति २०७६ चैत १५ गते दीर्घ रोगी, गर्भवती एवम् सुत्केरी महिलाहरुलाई कोभिड १९ को विरामीको प्रत्यक्ष उपचारमा नखटाउनको लागि गरेको परिपत्र सम्बन्धमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,' मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जारी गरेको सूचनामा उल्लेख छ।

मन्त्रालयले परिपत्रमा जेसुकै लेखिएको भए पनि कोरोना संक्रमितको उपचारमा कुनै पनि कर्मचारीलाई विदा र काजको सुविधा नभएकाले नियमित रुपमा उपस्थित हुन निर्देशन दिएको छ।

'विश्वव्यापी गम्भीर परिस्थितिमा देशभरका स्वास्थ्य सेवाहरुलाई सुचारु गर्नका लागि कुनै पनि कर्मचारीहरुलाई विदा र काजमा नछोडी नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,' मन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell