PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

सीमामा अलपत्र नागरिकबारे सर्वोच्चको आदेश, ‘चैत २४ गते छलफलका लागि बोलाउनू’



पहिलोपोस्ट

सीमामा अलपत्र नागरिकबारे सर्वोच्चको आदेश, ‘चैत २४ गते छलफलका लागि बोलाउनू’

काठमाडौँः सर्वोच्च अदालतले सीमामा अलपत्र नागरिकलाई स्वदेश प्रवेशको मागसहितको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सीमामा नागरिक अलपत्र परेकाले स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दुबै पक्षलाई अन्तरिम छलफलका लागि बोलाएको छ।

चैत २४ गते दुबै पक्षलाई बोलाइएको छ। सरकारको हालसम्मको निर्णय अनुसार चैत २५ गतेसम्म लकडाउन हुँदैछ। 

यसअघि सर्वोच्चमा विचाराधीन रहेको अधिवक्ता माधव बस्नेतको रिटसँगै लगत कायम गरेर अन्तरिम आदेश छलफलका लागि अदालतले बोलाएको हो। 

भारतबाट स्वदेश फर्कन चाहेका नागरिक धारचुलामा अलपत्र छन्। कतिपय नागरिक महाकाली नदीमा हेलिएर स्वदेश फर्किएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell