
काठमाडौः अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले लकडाउनलाई मध्यनजर गर्दै घरमै मानसिक स्वास्थ्य सम्बन्धि परामर्श सेवा सुरु गरेको छ।
लकडाउनका कारण घरमै रहेका कसैलाई मानसिक समस्या भएमा वा मानसिक स्वास्थ्य सम्बन्धि कुनै पनि जिज्ञासा भएमा फोन मार्फत् सुझाव दिने भएको हो। जसका लागि अस्पतालको मानसिक स्वास्थ्य विभागले चिकित्सकहरु साथै अस्पताल मानसिक स्वास्थ्य विभागको हटलाइन खुल्ला गरेको छ।
चिकित्सकहरु संजिवचन्द्र गौतम, नीलम जोशी, सविता खड्का लगायतलाई फोन, एसएमएस वा भाइबरमार्फत् सोझै जिज्ञासा राख्न सकिने विभागका प्रमुख प्रदिपमान सिंहले जानकारी दिएका छन्। डाक्टर सिंहले भनेका छन्,'एउटा जिम्मेवार संस्थाका रुपमा हामीले मानसिक स्वास्थ्य र त्यस सम्बन्धि कुनै पनि सेवालाई अत्यावश्य ठानेर हटलाइन खुला राखेका हौं।'
अस्पतालले डाक्टर संजिवचन्द्र गौतमलाई ९८४१४३५०८६, डाक्टर नीलम जोशीलाई ९८४१४८७२२७ र डाक्टर सबिता खड्कालाई ९८१८४५६९३६ मा सम्पर्क गर्न सकिने जनाएको छ। त्यस्तै बिहान ९ बजेदेखि दिउसो १२ बजेसम्म ०१४९११००८ वा ०१४९१२००९ मा सम्पर्क गरी ओपीडी सेवा लिन सक्ने बताइएको छ।