PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्युआर ६५२ बाट आएकामध्ये अर्को व्यक्तिमा पनि कोरोना, एकै विमानबाट आएका ३ जना पुगे संक्रमित



पहिलोपोस्ट

क्युआर ६५२ बाट आएकामध्ये अर्को व्यक्तिमा पनि कोरोना, एकै विमानबाट आएका ३ जना पुगे संक्रमित

काठमाडौं : नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। दोहाबाट आएको कतार एयरलाइन्सको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका एक जनामा थप कोरोना देखिएको हो। 

चैत ४ गते नेपाल आएको कतार एयरवेजको विमानमा उनीहरु आएका थिए। यो विमानमा १ सय ५८ जना यात्रु थिए। तीमध्ये १ सय ४० जनाको मात्र ट्र्याकिङ भएको छ अहिलेसम्म।

यही फ्लाइटबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु सबैको उपचार जारी छ। यससहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले आज गरेको ब्रिफिङ अनुसार पछिल्लो पटक पहिचान भएका संक्रमितलाई ट्रेसिङ गर्ने चिकित्सक र टोलीलाई यसबारे डिटेल जानकारी छ। 'उहाँहरुले केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य सुरु गरिसकिएको अवस्था छ,' मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने, 'यो केसबारे अरु डिटेल छैन। पछि जानकारी गराउनेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell