PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

पछिल्लो कोरोनाको केस महिलामा देखियो



पहिलोपोस्ट

पछिल्लो कोरोनाको केस महिलामा देखियो

काठमाडौं : कतार एयरको क्युआर ६५२ फ्लाइटबाट नेपाल भित्रिएका मध्ये तीन जनामा कोरोना संक्रमण देखिएको छ। आज स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफ गर्दै यसको जानकारी दिएको हो। आज थपिएका कोभिड १९ संक्रमित भने महिला हुन्।

चैत ४ गते आएको विमानमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको उपचार भइरहेको छ। कतारको दोहाबाट यो विमानमा १ सय ५८ यात्रु नेपाल आएका थिए। तीमध्ये अहिलेसम्म १ सय ४० जनामात्र सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

नेपालमा अहिलेसम्म ३ पुरुष र ३ महिलामा कोरोनाको संक्रमण देखिएको हो।

आज स्वास्थ्य मन्त्रालयले ब्रिफिङ गर्दै थप एक जनामा कोरोनाको संक्रमण देखिएको जनाएको हो। यो नेपालमा कोरोनाको छैटौं केस हो। एक जना निरोगी भएर फिर्ता भइसकेका छन् भने बाँकी सबै उपचार गरिरहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell