PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

वाग्लुङको कोरोना संक्रमितमा दोस्रो केस, नेपालको छैटौं



पहिलोपोस्ट

वाग्लुङको कोरोना संक्रमितमा दोस्रो केस, नेपालको छैटौं

काठमाडौं : कोरोना भाइरसको संक्रमण देखिएको नेपालको छैटौं केस वाग्लुङकै रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जनाएका छन्। यसअघि एक दुई किशोरीमा पनि कोरोना संक्रमण देखिएको थियो जसमध्ये एक वाग्लुङकै थिइन्।

आज संक्रमित भएको पुष्टि भएकी महिला आएको कतार एयरवेजको क्युआर ६५२ मा आएकामध्ये ३ जनामा कोभिड १९ पुष्टि भइसकेको छ। यीमध्ये दुई जना वाग्लुङ र एकजना काठमाडौंकी किशोरी हुन्। विमानमा ४८ वटा जिल्लाका १ सय ५८ यात्रु थिए।

सबैभन्दा धेरै महोत्तरीका यात्रु थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell