PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विराटनगरमा घोषित मितिमा हुन सकेन राहत वितरण



अनन्तराज न्यौपाने

विराटनगरमा घोषित मितिमा हुन सकेन राहत वितरण

विराटनगर : विराटनगर महानगरपालिकाले असङ्गठित क्षेत्रका मजदुरलाई ढिलोमा आज बिहीवारदेखि खाद्यान्नको राहत सामग्री वितरण गर्ने भनी गरेको घोषणा विफल भएको छl

महानगरपालिकाका प्रमुख भीम पराजुलीले सोमबार पहिलोपोस्टसितको वार्तामा ढिलोमा बिहीवादेखि राहतको खाद्य सामग्री वितरण गर्ने घोषणा गरेका थिएl तर बिहीवार वितरण हुन सकेनl अब राहत वितरण सुरु गर्ने दिन शनिवार तोकिएको छl पराजुलीले शनिबारदेखि राहत वितरण सुरु गर्ने जानकारी दिएl

प्रमुख पराजुलीले केही वडाबाट राहत पाउनेको लगत आउन ढिलो भएकाले राहत सामग्रीको वितरणमा पनि विलम्ब भएको बताएl

उनले भने, ‘वडा नं. ६, ८, १२ र १९ जस्ता केही वार्डमा धेरै जनाले राहत पाउने देखिन्छl ती वार्डमा कसकसलाई राहत दिनुपर्ने भन्ने लगत नै आइसकेको छैनl त्यसैले वितरणको काम पनि ढिलो भयोl’

उनले राहत वितरण गर्न महानगरपालिकाको टोली जनताका घरघरमा पुग्ने जानकारी दिएl

राहत वितरण टोलीमा नेपाल प्रहरी, वडा अध्यक्ष, वडा सदस्यहरू, दलीय संयन्त्रका प्रतिनिधि र टोल सङ्गठनका पदाधिकारी तथा सदस्य रहने छन्l

राहत सामग्रीमा चामल १२ किलो, दाल २ किलो, आलु २ किलो, नून १ किलो र तोरीको तेल आधा लिटर छl

कोरोना सङ्क्रमणको विश्वव्यापी महामारीबाट बच्न देशभरी लकडाउन भइरहेका बेला विराटनगर महानगरपालिकाले ‘विराटनगर महानगरपालिका विपत् कोष’ खडा गरेर राहतको खाद्यान्न वितरण गर्न लागेको होl

महानगरका प्रमुख पराजुलीका अनुसार विपत् कोषमा महानगरपालिकाले १ करोड रुपैयाँ हालेको छl

यसमा प्रमुख पराजुलीले १ वर्षको आफ्नो तलब ५ लाख ४० हजार रुपैयाँ थपेका छन्l त्यस्तै महानगरभरिका जनप्रतिनिधिको १ महिनाको तलब ११ लाख र अधिकृतभन्दा माथिका कर्मचारीको ७ दिनको, खरदारभन्दा माथिका कर्मचारीको ५ दिनको र त्यसभन्दा तलका कर्मचारीको ३ दिनको तलब कोषमा जम्मा गर्दा थप १३ लाख थपिने पराजुलीले बताएl



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell