PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोरोना भाइरसको संक्रमणबाट हलिउड गायकको मृत्यु



पहिलोपोस्ट

कोरोना भाइरसको संक्रमणबाट हलिउड गायकको मृत्यु
PHOTO : ew.com

अमेरिकाको प्रख्यात 'ग्राम्मी अवार्ड' विजेता हलिउड गायक एडम लियन्स स्लेसिंगरको ५२ वर्षको उमेरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। गीतकार समेत रहेका एडमको मृत्युमा हलिउड स्टार टम हान्क्सले दु:ख व्यक्त गरेका छन्। टम भर्खरै कोरोनालाई जितेका कलाकार हुन्।

एडमको 'द्याट थिङ्ग यू डू' गीत चर्चित छ। उनको निधनसँगै गायन उद्योग शोकमा डुबेको छ। थुप्रै कलाकारले उनलाई श्रद्धान्जली दिइरहेका छन्।

एडमभन्दा पहिला हलिउड स्टार जो डिफी र स्टार वार एक्टर एंड्रू जैकको पनि कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ।

त्यसैगरी अमेरिकी कलाकार अली वेन्टवर्थ कोरोना भाइरसबाट संक्रमित भएकी छिन्। उनले इन्स्टाग्रामबाट विरामी परेको तस्विरसहित कोरोना संक्रमित भएको जानकारी दिएकी छिन्। उनी घरमै क्वारेन्टाइनमा छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell