PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

बाग्लुङकी कोरोना संक्रमित वृद्धा होम क्वारेन्टाइनमा, अस्पताल लैजाने तयारी



पहिलोपोस्ट

बाग्लुङकी कोरोना संक्रमित वृद्धा होम क्वारेन्टाइनमा, अस्पताल लैजाने तयारी

काठमाडौं : बाग्लुङकी ६५ वर्षीय वृद्धामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ६ पुगेको छ। बेल्जियम हुँदै कतारको दोहाबाट आएको क्युआर ६५२ विमानमा आएकी उनी हाल 'होम क्वारेन्टाइन' मा नै छिन्। उनलाई थप उपचारका लागि अस्पताल लग्ने प्रक्रिया सुरु भएको बाग्लुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताए।

'एक वृद्धामा भाइरसको संक्रमण देखिएको छ। उहाँ अहिले होम क्वारेन्टाइनमा नै हुनुहुन्छ। उहाँलाई अब छिट्टै अस्पतालमा लगेर आइसोलेसन वार्डमा राखिनेछ,' मेयर खड्काले भने।

यसअघि उक्त विमानमा आएकी दुई युवतीमा समेत भाइरसको संक्रमण देखिएको थियो। एक युवती काठमाडौंमा उपचाररत छिन् भने एक जना धौलागिरी अञ्चल अस्पतालमा उपचाररत छिन्।

युवतीमा भाइरसको संक्रमण देखिने बित्तिकै सरकारले क्युआर ६५२ विमानमा आएको यात्रुहरुलाई 'ट्रेस' गरेर परीक्षण गर्न ढिला गरेको हुँदा संक्रमणको त्रास फैलिएको बाग्लुङका स्थानीयले बताएका थिए।

हाल संक्रमण देखिएकी वृद्धा स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसेको र हिँड्डुल गर्दै हिँडेको आरोप स्थानीयले लगाएका थिए। बाग्लुङकी युवतीमा भाइरसको संक्रमण देखिएपछि मात्रै ती वृद्धा होम क्वारेन्टाइनमा बसेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell