PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

थपियो ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’को अवधि, गुरुकुलका नाटक पनि देखाइने



पहिलोपोस्ट

थपियो ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’को अवधि, गुरुकुलका नाटक पनि देखाइने

काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’को अवधि थप गरिएको छ। एक साताअघि विश्व रङ्गमञ्च दिवसको अवसरमा सुरु गरिएको महोत्सव थप एक सातासम्म जारी रहने भएको छ। महोत्सव अन्तर्गत् हरेक दिन एक नाटकको भिडियो फेसबुकमारंपत देखाइँदै आएको छ।

यस वर्ष विश्व रङ्गमञ्च दिवसको समय विश्व कोरोना भाइरस संक्रमणको माहामारीमा रह्यो। प्राय देशहरु लकडाउनमा रहे। लकडाउन नभएका देशमा भिडभाडमा नजाने, शारीरिक दूरी कायम राख्ने गरी सेल्फ क्वारेन्टाइनको अवधारणा लागू भएको छ। तर, रङ्गमञ्च र दर्शक सधैं नजिक रहन सक्छन् भन्ने सन्देश प्रवाह गर्न यस भर्चुअल महोत्सव सुरु गरेको बताउँछन् निर्देशक केदार श्रेष्ठ।

‘हामीले उत्सव सुरु गर्दा एक हप्ताको लक्ष्य राखेका थियौं । त्यो आज पूरा हुँदैछ तर दर्शकको माग पनि बढिरहेको छ। साथै, उत्सवमा सहभागी हुन चाहने नाटकको संख्या पनि पर्याप्त छन्। त्यसैले उत्सव अर्को सातासम्म लम्ब्याउने निर्णय गरेका छौं’, फेस्टिभल निर्देशक श्रेष्ठले भने।

आगामी साता बालबालिका केन्द्रित नाटक देखाउने बताए।

थिएटर मल आयोजित यस भर्चुअल नाटक उत्सवमा काठमाडौंका अन्य नाटकघर र निर्देशक/निर्माताको पनि ऐक्यवद्धता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell