PahiloPost

May 14, 2025 | १ जेठ २०८२

धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु



एम बम

धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु

कैलाली : धनगढीमा कोरोना परीक्षण कार्य सुरु भएको छ। धनगढीको सेती प्रादेशिक (कोरोना विशेष) अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालाबाट आजैदेखि परीक्षण शुरु भएको हो।

प्रयोगशालामा कोरोनाका शङ्कास्पद व्यक्तिहरूको थ्रोट स्वावको नमुना परीक्षण गर्न थालिएको प्रादेशिक अस्पतालले जनाएको छ।

सङ्घीय सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना परीक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलिकोप्टर मार्फत मङ्गलवार धनगढी ल्याइएको थियो। बुधवार बिहानैदेखि स्वास्थ्य मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उपकरण जडानको काम गरेकोमा काम सम्पन्न भई परीक्षण सुरु भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए।

स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका मोलिकुर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकसहितको टोलीले सेती अस्पतालमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन लगायतका उपकरण जडान गरेको हो।

अब जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिर्पोट आउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell