PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

भारतको धार्मिक सभाबाट आएका २६ जना प्रहरी नियन्त्रणमा, क्वारेन्टाइनमा पठाइयो



राधेश्याम पटेल

भारतको धार्मिक सभाबाट आएका २६ जना प्रहरी नियन्त्रणमा, क्वारेन्टाइनमा पठाइयो

पर्सा : भारतको राजधानी नयाँ दिल्लीका साथ अन्य राज्यमा आयोजना भएको इस्लाम धर्मावलम्बीहरुको धार्मिक सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दिल्लीमा आयोजित धार्मिक सभाबाट कोरोना भाइरस फैलिएपछि उक्त कार्यक्रममा नेपालीहरु समेत उपस्थित भएको खुलेको थियो। त्यसैले भारतबाट आएकाहरुमा भाइरस संक्रमण हुन सक्ने अशंकामा पर्सा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी नियन्त्रणमा हुनेहरुमा पर्साका ३ जना,रौतहटका १२ जना र हिजो राति पटेर्वा सुगौली गाउँपालिका वडा नं १ कंचनपुर गदियानी टोलबाट पक्राउ परेका सप्तरीका ११ जना गरी कुल २६ जना रहेका छन्। सबैलाई वीरगंज पावरहाउस नजिक रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए।

क्वारेन्टाइनमा बस्नेहरुमा दिल्लीबाट आएका एक जना हिन्दु समेत छ। त्यस्तै २५ जना दिल्लीको मार्च १ देखि १५ सम्म चलेको निजामुद्दीन मरकज तथा बिहार र उत्तरप्रदेश राज्यको विभिन्न ठाउँको ईस्तमामा सहभागी भएर नेपाल प्रवेश गरेका थिए।

स्थानीयहरुको सहयोगमा २६ जनालाई नै नियन्त्रण लिइएको र १४ दिनको लागि खान बस्ने सुविधासहित उनीहरुलाई क्वारेन्टाइनमा राखिएको वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले बताए।

सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा प्रदेश २ का भौतिक पूर्बाधार विकास मन्त्री जितेन्द्र सोनलले स्थगत अनुगमन समेत गर्दै क्वारेन्टाइनमा बस्नेहरु प्रदेश २ कै जनता भएको कारण कुनै पनि सुविधामा कमी हुन नदिने सुरक्षा निकाय तथा वीरगंज महानगरका मेयर सारवगीसंग आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell