PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नारायणी अस्पतालमा उपचाररत ३ जना डिस्चार्ज, २ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो



राधेश्याम पटेल

नारायणी अस्पतालमा उपचाररत ३ जना डिस्चार्ज, २ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो
Photo: John Minchillo/AP

वीरगंज : नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंका भर्ना भएका ३ जना विरामीहरुलाई डिस्चार्ज गरिएको छ। कतारबाट आएका ३ जनामा कोरोनाको  लक्षण नदेखिएपछि एकअघि अस्पताल भर्ना भएका उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

यस्तै, दुई जनाको थ्रोट स्वाब भाइरस परीक्षणको लागि काठमाडौं पठाइएको छ। कोरोनाको आशंकामा अस्पतालकै आइसोलेसन वार्डमा रहेका दुई जनाको स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजो राति एम्बुलेन्सबाट पठाइएको उपाध्यायले बताए।

कोरोना संक्रमणको आशंकामा पर्साको ठोरी गाउँपालिका–२ बाट वीरगंज आएका एक युवक तथा निजका भाइको स्वाब पठाइएको हो।

यसअघि एक जनामा कोभिड–१९ को लक्ष्ण देखिएपछि स्वाब पठाइएकोमा उनको नेगेटिभ नतिजा आएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell