PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

ब्रिटानिया नेपालले नारायणी अस्पताललाई दियो ३० थान पीपीई



राधेश्याम पटेल

ब्रिटानिया नेपालले नारायणी अस्पताललाई दियो ३० थान पीपीई

वीरगंज : बहुराष्ट्रिय कम्पनी ब्रिटानिया नेपाल प्रालिले वीरगंजस्थित नारायणी अस्पताललाई साढे तीन लाख बराबरको ३० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) हस्तान्तरण गरेको छ।

ब्रिटानियाका प्रबन्धक प्रबोध खेरले पीपीई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई हस्तान्तरण गरे। नारायणी अस्पतालमा कोरोना भाइरससँग लड्न आवश्यक स्रोतसाधन र पीपीईको कमीबारे थाहा पाएर सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग व्यवस्थापनले काठमाडौंमा निर्मित पिपिई उपलब्ध गराएको खेरले बताए।

उपाध्यायले पीपीई प्राप्त गरेपछि उपचार र कोरोनाका बिरामीहरूलाई हेरचाहमा सहयोग पुग्ने बताए। अहिले नारायणी अस्पतालमा तीन जनालाई कोरोना संक्रमणको आशंकामा आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ। अस्पतालसँग यसअघि विभिन्न संघ-संस्थासँग खरिद गरिएका ७० वटा पीपीई मौज्दात रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell