
सुर्खेत : बिहीवारबाट सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)को परीक्षण शुरु गरिएको छ। पहिलो दिन सुर्खेतमा चार जनाको परीक्षण गरिएकामा चारै जनाको रिर्पाेट ‘नेगेटिभ’ आएको छ।
प्रदेश अस्पतालमा पहिलो दिन गरिएको चार जनाको स्वाब नमुना परीक्षणमा यस्तो देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
‘पहिलो टेस्टमध्ये भारतबाट आएका चार जनाको नै रिर्पाेट नेगेटिभ आएको छ’, निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले भनिन्, ‘अन्यको टेस्ट भइरहेको छ।’
स्वाब जाँच गर्न प्रयोगशाला विज्ञको रुपमा काठमाडौंबाट आएका रामकृष्ण श्रेष्ठले ल्याब टेक्निसियनलाई कोभिड-१९ को परीक्षण गर्न सिकाइरहेका छन्।