PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बाबुरामको प्रश्न: स्वास्थ्य सामग्री खरीदको जिम्मा सेनालाई किन? अख्तियारको दायरामा पर्दैन भनेर हो?



पहिलोपोस्ट

बाबुरामको प्रश्न: स्वास्थ्य सामग्री खरीदको जिम्मा सेनालाई किन? अख्तियारको दायरामा पर्दैन भनेर हो?

काठमाडौं: समाजवादी पार्टी संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विवादास्पद स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने विषयमा असन्तुष्टि जनाएका छन्।

अनियमितता भएको भन्दै विरोध भएपछि बुधबारमात्रै सरकारले ओम्नी ग्रुपसँगको ठेक्का रद्द गरेको थियो। ओम्नीसँग सम्झौता रद्द गरेको सरकारले चीनबाट स्वास्थ्य सामग्री खरीदका लागि नेपाली सेनालाई जिम्मा दिन लागेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले राज्यमा अरु निकाय हुँदाहुँदै सेनालाई अघि सारेकोमा असन्तुष्टि जनाएका हुन्।

­­ओम्नीसँगको ठेक्का सफल नहुँदा अनियमितता गर्न नपाएको र सेनालाई दिँदा प्रश्नै नउठ्ने तथा अख्तियार पनि नलाग्ने भएकाले सरकारले कतै सेनालाई त जिम्मा दिएको होइन भनी बाबुरामले आशंका पनि व्यक्त गरेका छन्।

उनले ट्वीटरमा भनेका छन्, 'भाइरस मार्ने बन्दुक र गोलीले हैन होला! अनि सरकारले किन चीनबाट स्वास्थ्य सामग्री किन्न सेनालाई अघि सारेको होला? के वाणिज्य, आपूर्ति लगायतका निजामति निकाय छैनन्? जी-टू-जी विधिबाट पहिल्यै किन नल्याएको? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell