
काठमाडौं : उपत्यकाबाट लकडाउन उल्लङ्घन गर्ने ४ सय ४८ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले आज बिहान ७ बजेसम्ममा उपत्यकाभित्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। सबैभन्दा धेरै काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
कालीमाटी, नयाँबानेश्वर, गौशाला लगायतको क्षेत्रबाट धेरै मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ।
'हामी पटकपटक अनुरोध गर्दा पनि निस्किरहनु भएको छ। प्रहरीलाई सहयोग गर्ने भए घरबाट ननिस्किनु होला लकडाउन खुकुलो भएको छैन,' डिआइजी पोखरेलले भने।
त्यस्तै ८२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ। ६ वटा चार पाङ्ग्रे र ७६ वटा दुई पाङग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए।
त्यस्तै कार्यालयका डिआइजी पोखरलले लकडानउको समयमा खान नपाएका मजदुरहरुलाई राहत वितरण समेत गरिरहेका छन्। कसैले खान नपाए कार्यालयमा सम्पर्क राख्न डिआइजी पोखरेलले अनुरोध गरेका छन्।