PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कमल थापा भन्छन्, 'ठेकापट्टामा सेनालाई प्रयोग नगरौं, सेनाले पनि जिम्मा लिन हुन्न'



पहिलोपोस्ट

कमल थापा भन्छन्, 'ठेकापट्टामा सेनालाई प्रयोग नगरौं, सेनाले पनि जिम्मा लिन हुन्न'

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सार्वजनिक खरीद विक्रीमा सेनालाई प्रयोग गर्न नहुने बताएका छन्।

सरकारले विवादास्पद स्वास्थ्य सामग्री खरीदको जिम्मा नेपाली सेनालाई दिएका बेला पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले सार्वजनिक खरीद विक्रीमा सेनालाई प्रयोग गर्नुले सरकारको असक्षम भएको प्रमाणित गर्ने टिप्पणी गरे।

उनले चीनमा स्वास्थ्य सामग्री खरीद गर्ने जिम्मा नलिन सेनालाई आग्रह समेत गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, 'सार्वजनिक खरीद विक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त हुँदैन। सेनाले पनि त्यस्तो जिम्मा स्वीकार गर्नु हुँदैन। त्यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ। मलाई लाग्दैन हामी त्यो अवस्थामा पुगिसकेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell