
काठमाडौं : गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोभिड-१९ सँग लड्न सरकारलाई अत्यावश्यक सामाग्र सहयोग पठाउन लागेको छ।
एनआरएन दक्षिण कोरियाले एक लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री पठाउन लागेको एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले जानकारी दिए।
स्वास्थ्य सामाग्री आइतवारसम्म नेपाल पुग्ने उनले बताएका छन्। एनआरएनले २ हजार थान पीपीई, १० हजार थान एन ९५ मास्क, २० हजार सर्जिकल मास्क, २ हजार गगल्स, २ हजार प्रोटेक्टिङ भाइजर, १० हजार ग्लोभ्स, ५ सय आइआर थर्मोमिटर र ४ हजार कोरोना टेस्ट किट पठाउन लागेको हो।
सरकारलाई सहयोग गर्न लागिएका सामाग्रीमध्ये टेस्ट किट बाहेक सबै सामाग्री चीनको ग्वान्जाउस्थित महावाणिज्य दूतलाई हस्तान्तरण गरिएको छ।
त्यस्तै, टेस्टकिट सिधै कोरियाबाट कोरियन एयरलाइनबाट पठाउने तयारी भइरहेको छ। तर, उडान मिति निश्चित नभएको भन्दै सरकारसँग यसको लागि समन्वय गर्न एनआरएनले आग्रह गरेको छ।