PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

छायांकनमा छाता ओढाउनेदेखि खाना खुवाउनेलाई फिल्म 'छक्कापञ्जा' युनिटको आर्थिक सहयोग



पहिलोपोस्ट

छायांकनमा छाता ओढाउनेदेखि खाना खुवाउनेलाई फिल्म 'छक्कापञ्जा' युनिटको आर्थिक सहयोग

एक साताअघि नेपाली चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फेसबुकमार्फत् स्टाटस लेखे,  फिल्म क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने श्रमजिविहरुलाई लकडाउनले पारेको असरको बारेमा। उनले लेखेका थिए – 'माहामारीबाट बच्नको लागि लकडाउनलाई स्वीकार गरेर घरभित्रै बस्नु एकमात्र विकल्प हो। यस अवधिमा नेपाल चलचित्र प्राविधिक संघका सदस्यहरुमा दैनिक समस्या भएको छ।'

उनले यस्तो अवस्थामा सम्पूर्ण फिल्मकर्मीले साथ र सहयोग दिनुपर्ने तर्क राखेका थिए। 'प्राविधिकहरुले कलाकारको सफलताको लागि दिनरात, घामपानी, भोक केही नभनी खटिएको हुन्छन्। अहिले तिनैलाई यो विपत्तिको घडीमा प्रत्यक्ष सहयोग गर्ने बेला भएको छ।'

उनले सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सहयोगको अपिल गरेपछि केही फिल्मकर्मीले सहयोगको वचन राखेको समेत जनाएका थिए। तर, सार्वजनिक रुपमा कसैले घोषणा गरेका थिएनन्।

शुक्रबार बिहान भने फिल्म 'छक्कापञ्जा' समूहले उक्त कदम चालेको छ। समूहका दीपकराज गिरी, दीपाश्री निरौला लगायतले फेसबुकमार्फ्त सहयोग घोषणा गरेका हुन्।

'हामीलाई छायांकनको समयमा भोक लाग्दा खाना खुवाउने, गर्मी हुँदा छाता ओढाउने, हामीलाई राम्रो देखाउन गर्हौ लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठिन समयमा केहि सहयोग गरौं', उनीहरुले लेखेका छन्। सोही पोस्टमार्फत् आफ्नो समूहले एक लाख दश हजार उपलब्ध गराउने घोषणा समेत गरेका छन्।

उनीहरुले चलचित्र प्राविधिक संघमार्फत् सहयोग गर्न लागेका हुन्। साथै अन्य कलाकारलाई समेत सहयोगको अपिल गरेका छन्।

दीपाश्री निरौलाले पहिलोपोस्टलाई भनिन्,'सधैं हाम्रा लागि गर्नेहरुलाई हामीले गर्ने समय हो यो। सम्पूर्ण फिल्मकर्मी एक भएर एकअर्काको लागि उभिनु पर्छन्। भोलि अवस्था सामान्य भएपछि मिलेर छायांकनमा निस्कनु त छँदैछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell