PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चीनले छिमेकी देशसँग जोडिने स्थलगत नाकामा थप कडाइ गर्ने



पहिलोपोस्ट

चीनले छिमेकी देशसँग जोडिने स्थलगत नाकामा थप कडाइ गर्ने

काठमाडौं : चीनले आफ्ना सीमा नाकाहरुमा कोभिड-१९ विरुद्ध लड्नका लागि थप कडाइ गर्ने भएको छ।

चिनियाँ अधिकारीहरुले महामारी नियन्त्रणका लागि स्थलगत सीमा नाकाहरुमा थप कडाइ गर्न माग गरेका हुन्।

हाल चीन र नेपालबीच केरुङ र तातोपानी नाका सञ्चालनमा छन्।

चीनको कोभिड-१९ इपिडेमिक रेस्पोन्सको नेतृत्व समूहको बैठकमा अधिकारीहरुले यस्तो माग गरेका हुन्। बैठकको अध्यक्षता प्रधानमन्त्री ली ख्छ्याङले गरेका थिए।

बैठकले चीन बाहिरका मुलुकहरुमा कोभिड-१९ को संक्रमण फैलिँदै गर्दा सीमावर्ती प्रान्त तथा क्षेत्रहरुलाई सीमा नियमनलाई कडाइ गर्ने अनुरोध गरेको हो।

यो बैठकले छिमेकी मुलुकबाट हुने अनावश्यक यात्रालयाई रोक्ने निर्णय गरेको छ। बैठकले कोभिड-१९ का लक्षण नदेखिएका संक्रमितहरुको व्यवस्थापन तथा नियमित सूचना सम्प्रेषण गरिने निर्णय गरेको छ।

बैठकले हुवेइ प्रान्त र यसको राजधानी वुहानमा लक्षण नदेखिएका व्यक्तिहरुको समेत इपिडिमियोलोजिकल सर्भे गरेर रिपोर्टलाई सार्वजनिक गर्ने निर्णय लिँदै महामारी नियन्त्रणका लागि थप वैज्ञानिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

बैठकले माहामारी नियन्त्रण तथा आर्थिक सामाजिक विकासका लागि पनि समन्वय गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षाका उपायहरु अपनाउँदै जोखिम कम भएका क्षेत्रमा कामलाई पूर्ववत फर्काउने निर्णय गरेको छ। यो बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरोका स्टान्डिङ कमिटी सदस्य वाङ हुनिङ पनि सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell