PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गगन थापाको प्रश्न : एउटा न्युनतम सामग्री किन्ने ल्याकत पनि राख्दैन भने सरकार केका लागि?



पहिलोपोस्ट

गगन थापाको प्रश्न : एउटा न्युनतम सामग्री किन्ने ल्याकत पनि राख्दैन भने सरकार केका लागि?

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गगनकुमार थापाले सेनालाई विवादमा मुछ्ने काम नगर्न सरकारलाई सुझाव दिएका छन्। पहिलोपोस्टसँग कुरा गर्दै उनले एउटा न्युनतम सामग्री किन्ने ल्याकत पनि राख्न नसक्नेले किन सरकार चलाउने? भन्दै प्रश्नसमेत गरे। सरकारले तत्कालै नचाहिने निर्णयलाई खारेज गर्नुपर्ने उनको भनाई थियो।

सेनालाई ठेक्काबारे गगन यसो भने 

नेपाली सेना पनि नेपाली राज्यको एउटा अंग हो। हाम्रो संविधानले नागरिक, सरकारलाई आपत् पर्दैगर्दा कुन कुन काम लगाउन सक्छ भन्ने सबै कुरा स्पष्टसँग राखेकै अवस्था छ। संकट परेको बेला सेनाले आफ्नो भूमिका पनि निर्वाह गरिरहेको छ। हामीले काममा पनि लगाउनुपर्छ। तर, सबैको सीमा छ। हामीले सीमालाई उल्लङ्घन गर्‍यौं भने त्यहीँबाट अव्यवस्था निस्कन्छ।

एउटा सरकारले गर्ने जुन नियमित कार्यकारिणी काम हो, जस्तो सामग्री खरीद गर्ने भन्ने नियमित काम हो। अहिले संकटको बेलामा खरीद गरेको सामग्रीलाई देशभित्र एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने, यस्ता कतिपय कुराहरुको सन्दर्भमा सेनाले काम गरिरहेको छ। भोलि पनि गर्छ, गर्नु पनि पर्छ।

तर, सरकारले गर्ने न्युनतम विषयमा हामीले अहिले जसरी निर्णय गर्‍यो, यसमा नेपाली सेनालाई म केही भन्न चाहन्न। यतिसम्मको जुन लाचारी सरकारले देखायो, यसबाट एकातिर सरकारले एउटा न्युनतम सामग्री किन्ने ल्याकत पनि सरकारले राख्दैन भने त्यस्तो मानिसले सरकार किन चलाउनु? त्यति क्षमता राख्दैन भने सरकार केका लागि?

अर्को प्रश्न, यहाँ के जोडिएर आउँछ भने यस्तै संकटको बेला त हो नागरिक सरकार, डेमोक्रयाटिक गर्भमेन्टले काम गर्नसक्छ भन्ने कुरालाई अझै स्थापित गर्ने, हौसला जगाउने। त्यसैले यो विषयमा मलाई के लाग्छ भने तत्कालै सरकारले यो नचाहिने निर्णयलाई खारेज गर्नुपर्छ।

र, सामान किन्ने हाम्रा आफ्ना पद्धतिहरु छन्, ती पद्धती प्रक्रिया अवलम्बन गरौं। सेनालाई अनावश्यक विवादमा मुछ्ने काम हामीले गर्दै गर्नुहुन्न। अर्कोतिर महाविपत्तीको बेला पनि अति आवश्यक स्वास्थ्य सामग्री खरीद अनियमिततामा संलग्न दोषीलाई दण्डित गर्नैपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell