PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

विश्वभर कोभिड-१९ का संक्रमितको संख्या १० लाख नाघ्यो, ५३ हजारको मृत्यु



पहिलोपोस्ट

विश्वभर कोभिड-१९ का संक्रमितको संख्या १० लाख नाघ्यो, ५३ हजारको मृत्यु
Photo: coronavirus.jhu.edu/map

कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८१ देशमा देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोभिड-१९ बा विश्वभर १० लाख १७ हजार ६९३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये ५३ हजा १७९ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा २ लाख ४५ हजार ५७३ रहेको छ। त्यस्तै इटालीमा १ लाख १५ हजार २४२, स्पेनमा १ लाख १२ हजार ६५, जर्मनीमा ८४ हजार ७९४, चीनमा ८२ हजार ४६४, फ्रान्समा ५९ हजार ९२९ तथा इरानमा ५० हजार ४६८ जना संक्रमित भएका छन्।

यसैगरी कोभिड-१९ का कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। त्यस्तै, स्पेनमा १० हजार ३४८, अमेरिकामा ६ हजार ५८, फ्रान्समा ५ हजार ३८७, चीनमा ३ हजार २०३ र इरानमा ३ हजार १६० जनाको मृत्यु भएको छ।

यसैगरी कोभिड-१९ बाट संक्रमित भएका मध्ये २ लाख १२ हजार ७२ जना निको भएका छन्। जसमा सबैभन्दा बढी चीनमा ७६ हजार ७४१ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell