PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

घरमै बस्न अनुरोध गर्दै अमिताभले भने: खबरदार! कोरोनालाई उल्टो हुन नदिउँ



पहिलोपोस्ट

घरमै बस्न अनुरोध गर्दै अमिताभले भने: खबरदार! कोरोनालाई उल्टो हुन नदिउँ

बलिउड महानायक अमिताभ बच्चनले कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरेका छन्। घरबाट बाहिर ननिस्कन आग्रह गर्दै बच्चनले कोरोनालाई उल्टो हुन नदिन पनि अपिल गरेका छन्।

कोरोना भाइरसबाट बच्नका लागि मानिसहरुलाई सामाजिक सञ्जालबाट निरन्तर जागरुक गराइरहेका बच्चनले शुक्रबार ट्वीटरमार्फत कोरोनालाई उल्टो बन्न नदिन मानिसहरुलाई सचेत गराएका छन्।

उनले लेखेका छन्, 'खबरदार! घरमै रहनुस्, बाहिर ननिस्कनुस्। यो संकटको समयमा 'कोरोना'लाई उल्टो हुन नदिनुस्। तपाईहरु मेरो कुरा बुझिरहनुभएको छैन। 'कोरोना'को उल्टो पढ्नुस् त, 'नारोको' हुनेछ अर्थात नरोक!'

यसअघि अमिताभले ट्वीटरमा घरमा आएको पाहुनालाई मानिसहरुले स्यानिटाइजर छर्केर, नुहाइधुवाई गरेर स्वागत गरिरहेको भिडियो राखेर कोरोनाविरुद्ध सतर्कता अपनाउन सन्देश दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell