PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

कोभिड-१९ बारे प्रहरीलाई सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’को प्रयोग गर्न सकिने



पहिलोपोस्ट

कोभिड-१९ बारे प्रहरीलाई सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’को प्रयोग गर्न सकिने

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा देखिएको कोराना भाइरस (कोभिड-१९) बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ।

घरेलु हिंसा, अपहरण, लागूऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा बिस्फोटक पदार्थ लगायत अन्य विविध घटना बारेमा प्रयोगकर्ताहरुबाट जानकारी प्राप्त गर्न सकिने ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालनमा रहेको छ। ' हामीले एपमा कोरोना सम्बन्धि  थप जानकारी लिन केही फिचर थप गरेका हौं।' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले भने।

हाल उक्त एपलाई अपडेट गरेर कोरोना भाइरसबाट उत्पन्न भएको विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनको अवस्थामा लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफू वा छर छिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना, जानकारी एप मार्फत दिन सकिनेछ।

गुगल प्ले स्टोर र एप्पल स्टोरबाट आफ्नो स्मार्ट फोनमा उक्त एप डाउनलोड गरी कोभिड(१९ सम्बन्धी सूचना एवं जानकारी दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell