PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

धुर्मुस सुन्तलीको दोहोरी भाग २, गरे गीतबाटै सरकारलाई प्रश्‍न



पहिलोपोस्ट

धुर्मुस सुन्तलीको दोहोरी भाग २, गरे गीतबाटै सरकारलाई प्रश्‍न

काठमाडौं : लकडाउनका कारण अधिकांश कलाकार घरमै छन्। उनीहरुले दर्शकसँग जोडिइ रहने माध्यम बनेको छ सामाजिक सञ्जाल। केही आफ्नो दैनिकी बारे जानकारी दिइरहेका छन् केही मनोरञ्जन पनि। कोही भने सक्रिय रुपमा कोरोना भाइरस संक्रमणविरुद्ध संदेश प्रवाह गरिरहेका छन्।  

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले पनि रंगशाला निर्माण अभियानबाट केही फूर्सदिला भएका छन्। छोरी र परिवारका अन्य सदस्यसँग समय बिताउन पाएका छन्। तर, उनीहरुले व्यक्तिगत् समय मात्र बिताइ रहेका छैनन्। रचनात्मक एवं मनोरञ्जनात्मक ढङ्गमा कोरोनाविरुद्ध सन्देश प्रवाह समेत गरिरहेका छन्।

यसअघि हात धोऔं, स्यानिटाइजर लगाऔं, क्वारेन्टाइमा बसौं लगायत सन्देशसहितको दोहोरी गीत गाएका उनीहरुले पुन: एक पटक दोहोरी खेलेको भिडियो सार्वजनिक गरेका छन्। यस पटक उनीहरु मुस्कान पाशा र बुढी आमै पात्रका भेषमा प्रस्तुत भएका छन्। अनि यस पटकको दोहोरी चाहिं नेपाल, भारत सीमा धार्चुलामा फसेका नेपालीको विषयमा। गीतमा उनीहरुले सरकार प्रश्न र ती नेपालीको उद्धारको आग्रह गरेका छन्।   

भन्छन् :

‘हाम्रो सरकार के गर्दै बस्या छन्

मजदुर जति सीमामा फस्या छन्

जाइ फूलको बासना, उद्धार गरी क्वारेन्टाइनमै राखन…’

उनीहरुले गीतमार्फत गरिबहरुलाई राहत र भ्रष्टचारीलाई कडा शासन लागू गर्न समेत सरकारलाई अनुरोध गरेका छन्।

भिडियोमार्फत् उनीहरुले कोरोना सबै नेपालीका लागि एकजुट हुन सन्देश बनेको समेत संकेत गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell